| बुधबार, अशोज २३, २०८१

चिकित्सक कुटपिटको बिरोधमा गोरखा अस्पतालको ओपिडी सेवा बन्द

देशका बिभिन्न भागमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथी निरन्तर भइरहेको हातपात, आक्रमण तथा अभद्र व्यवहारको बिरोध गर्दै गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ ।

अस्पताल प्रशासनले मंगलवार सूचना जारी गर्दै आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जनाएको हो । अर्काे सूचना जारी नभएसम्म ओपिडी सेवा बन्द रहने बताइएको छ ।

केही दिनयता हेटौडाको सन्चो अस्पताल, पोखरास्थित मणिपाल शिक्षण अस्पताल र लमजुङ जिल्ला अस्पतालका चिकित्सकमाथी कुटपिट भएको थियो ।

डाक्टर र स्वास्थ्यकर्मीमाथी यसरी निरन्तर भएको कुटपिटको बिरोधमा ओपिडी सेवा बन्द गरिएको गोरखा अस्पतालले जनाएको छ । सेवा बन्द हुदाँ उपचारका लागी आएका बिरामीहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्