
प्रहरीलाई गालीगलौज गर्ने एक पक्राउ
ड्यूउटीमा खटिएका प्रहरीलाई गालीगलौज गरेको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–११ तेह्रकिलोका ४० वर्षीय सुवास थापा रहेका छन् । उनलाई आइतबार बेलुकी पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
‘बाह्रकिलो चोकमा रहेका होटलहरुमा खाना खाने तर पैसा नदिइ उल्टै धम्क्याउने र सोहि स्थानमा रहेका फलफुल पसलहरुमा पनि पसलधनीलाई अनावश्यक रुपमा धम्क्याउने गरेको सूचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौ,’ डिएसपी श्रेष्ठले भने, ‘बाह्रकिलोबाट खटिएको हाम्रो प्रहरी टोलीले फलफुल पसलहरुमा अशान्ति मच्चाइरहेको अवस्थामा फेला पारेर थापालाई सम्झाई बुझाइ गर्दा उल्टै गालीगलौज गर्दै धाकधम्की दिएपछि पक्राउ गरेका हौ ।’
थापा बिरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।