
फेसवुकमा अनावश्यक पोष्ट गरेर चरित्र हत्या गर्न खोजेको आरोपमा एक पक्राउ
चरित्र हत्या गर्ने उदेश्यले महिला तथा पुरुषहरुलाई फेसबुक मार्फत अनावश्यक पोष्ट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ का ३६ बर्षीय देवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । यस्तो खालको कार्य नगर्न भनी सम्झाउँदा उल्टै अभद्र व्यवहार गरेको भन्दै पीडितले जायरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
सोमवार पक्राउ परेका श्रेष्ठ बिरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।