
मान्वुमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने
तिहार पर्वलाइ लक्षित गरी आरुघाट गाउँपालिका–१ मान्वुमा सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । दि हिमालयन फाइभ स्टार युवा क्लबको आयोजनामा यही कात्तिक २५ गतेबाट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पहिलो हुने टिमले ६० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष रमेश घलेले बताए । त्यस्तै दोस्रो हुनेले ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले जानकारी दिए । कात्तिक २८ गते फाइनल खेल हुने बताइएको छ ।
कात्तिक २४ गतेभित्र टिम दर्ता गराइसक्न आयोजकले आग्रह गरेको छ । टिम दर्ता शुल्क भने ६ हजार लाग्ने क्लबले जनाएको छ । कात्तिक २९ गते स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने बताइएको छ ।