
भूकम्प प्रभावितलाई धार्चेको एक लाख सहयोग, अन्य पालिका सहयोगको तयारीमा
जाजरकोटको भूकम्प प्रभावितका लागी धार्चे गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । प्रभावितहरुको गास, वास र कपासका लागी भन्दै एक लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उनका अनुसार आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
पालिकाको विपद व्यवस्थापन शिर्षकबाट उक्त रकम सहयोग गर्न लागिएको उनले जानकारी दिए । त्यस्तै जिल्लाका अन्य पालिकाहरुले पनि भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने तयारी गरेका छन् ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका अनुसार दुई नगरपालिकाले डेढ लाखका दरले र बाँकी गाउँपालिकाहरुले एक लाखका दरले रकम सहयोग गर्ने तयारी भइरहेको छ ।
‘हामी यस बिषयमा छलफलमा छौ,’ मेयर रानाले भने, ‘एक÷दुई दिनमा निर्णय गरेर रकम सहयोग गर्छाै ।’ उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनले जानकारी दिए ।