| सोमवार, भदौ २४, २०८१

लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाको मोतियाविन्दु शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रमा संचालन भएको शिविरमा ३३ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको छ ।

यही कार्तिक १९ ,२० र २१ गतेसम्म संचालन शिविरमा १६ जना महिला र १७ जना पुरुष गरी ३३ जनाको मोतिबिन्दूको शल्यक्रिया गरिएको लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए ।

शिविरमा गोरखा नगरपालिकाको १४ जना र अन्य नगरपालिका तथा गाउँपालिकाबाट १९ जना गरी ३३ जनाका शल्यक्रिया गरिएको उनले बताए ।

उनका अनुसार शिविरमा गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, बारपाक सुलीकोट, भिमसेनथापा, शहिदलखन, अजिरकोट, गण्डकी तथा बन्दिपुर गाउँपालिका तनहुँबाट बिरामीहरुको सहभागिता भएको थियो ।

केन्द्रले बिभिन्न समयमा र नियमित रुपमा समुदायमा गएर आँखा जाँच गरिरहेको र सो जाँच क्रममा मातिबिन्दुको शल्यक्रिया गर्न पर्ने भएमा केन्द्रमा पठाउने गरेको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिद्यालयमा, समुदायमा आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्