
दसकिलोमा दोस्रो राइजिङ स्टार कप सुरु
गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा दोस्रो राइजिङ स्टार कप फुटबल सुरु भएको छ । राइजिङ युवा क्लवको आयोजनामा बुधबारबाट सुरु भएको फुटबल प्रतियोगितालाई गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको फुटबल प्रतियोगिता २६ गते सम्म संचालन हुने क्लवका अध्यक्ष किरण आलेले बताए ।
प्रतियोगिताको पहिलो दिन एक खेल मात्र सम्पन्न भएको छ ।
यस प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको उनले बताए ।
उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले नगद रु पचास हजार ५ सय ५५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, सेमिफाइनल पुग्ने दुइ टिमले नगद रु २०÷२० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगिता अवधिभर उत्कष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई रु ५÷५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने जनाएको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष आले, प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, वडा अध्यक्ष दिलबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।