
गोरखामा दुई जना फरार अभियुक्त पक्राउ
गोरखामा विभिन्न समयमा अदालतबाट कैद र जरिवाना तोकिई फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । गोरखा नगरपालिका नं. १३ का ४६ वर्षीय शिवबहादुर बि.क. र गण्डकी गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय शरण गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
वि.क. चोरी मुद्दामा फरार रहेका थिए भने गुरुङ सार्वजनिक सम्पदाविरुद्धको कसूर मुद्दामा फरार रहेका थिए । उनीहरुलाई सोमबार पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।
उनका अनुसार जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिएकोमा प्रहरी चौकी मझुवादेउराली गोरखा र प्रहरी चौकी घ्याल्चोक गोरखाबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाबाट जरिवाना असुल गर्न जिल्ला अदालत गोरखामा पठाएको छ । उनीहरुबाट पचहत्तर हजार एक सय पैसठ्ठी रुपैयाँ जरिवाना असुर भइसकेकोे प्रहरीले जनाएकोछ ।