
लागूऔषध, मदिरा दुव्र्यशनविरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न
मानव अधिकार तथा शान्ति समाज गोरखाले लागूऔषध विरुद्धको एकदिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिका वडा नं ६ स्थित मोर्डन इङ्लिस बोर्डिङ स्कुलमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत ७० जना भन्दा बढी बालबालिकाहरुलाई लागू औषध÷मदिरा दुव्र्यशनीसम्बन्धी जानकारी गराएको समाजकी अध्यक्ष गोमा दुवाडीले बताइन् ।
कार्यक्रममा समाजको केन्द्रीय सचिव सिताराम तिवारीले लागू औषध, मदिरा दुव्र्यसन विरुद्धको शान्ति समाजको अभियान, यसमा अभिभावक, विद्यालयको र समुदायको भूमिका, लागूऔषध, मदिरा दुव्र्यसन मुक्त कार्यस्थल, युवा पुस्तालाई विशेष आग्रह लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
घरेलु हिंसा, बाल दुव्र्यवहार, बाल यौन शोषणको प्रमुख कारण दुव्यर्सन रहदै आएकाले मानव अधिकार संस्थाहरुले बालबालिका बचाऔँ अभियान र दुव्र्यसन रोकथाम अभियानलाई सँगसँगै अगाडि बढाएको उनले बताए । कार्यक्रममा उनले घरका सन्ततिहरुको दिनचर्या कसरी बित्दैछ ? नियमित रुपमा बालबालिकाहरु विद्यालय गए नगएको सुनिश्चित हुनुपर्ने, विद्यालय छोडेर बाहिर गएको छ या छैन ? घर परिवारलाई ढाँटिरहेका त छैनन् ? लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताए । त्यस्तै, विद्यालयले पनि लागु औषध, मदिरा दुव्र्यसनमुक्त विद्यालय बनाउन विशेष योजनासहित दुव्र्यसन रोकथाम कार्यक्रम प्रत्येक विद्यालयसँग हुनुपर्ने र यसका लागि ‘दुव्र्यसन रोकथाम विद्यालय शिक्षा कार्यक्रम’ प्रत्येक विद्यालयले संचालन गर्नुपर्ने बताए । दुव्र्यसनले व्यक्तिलाई विक्षिप्त, परिवारलाई तहसनहस र समाजलाई अस्तव्यस्त बनाउने भएकाले यसबाट जोगिनुपर्ने उनले जानकारी दिए ।
समाजका अध्यक्ष गोमा दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सचिव सिताराम तिवारी, समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, गोरखा शाखाका पूर्व सभापति यदु अधिकारी, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।