
गोरेटोबाट सडकको नालीमा लडेर मृत्यू
गोरेटोबाटोमा हिँड्दै गर्दा सडकको नालीमा खसेर एक पुरुषको मृत्यू भएको छ । पालुङ्टार नगरपालिका ३ पाथीभराका कृष्णबहादुर अधिकारीको शुक्रबार साँझ करिब सात बजेतिर स्थानीय सडकको नालीमा लडेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
गोरेटोबाटोबाट नालीमा खस्दा टाउकोमा गम्भीर चोट लागेर ५९ बर्षका अधिकारीको मृत्यू भएको सूचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टम गरी अन्त्यष्टिका लागि आफन्तजनलाई हस्तान्तरण गरिएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।