| शनिबार, बैशाख २२, २०८१

दिगो पर्यटन प्रवद्र्धनका लागि गोरखा नगरपालिकाले स्थानीय पथप्रदर्शक तालिम दिने

गोरखा नगरपालिकाले दिगो पर्यटन प्रवद्र्धनका लागि पालिका भित्रका स्थानीयहरुलाई प्रथप्रदर्शक तालिम दिने भएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र गोरखा नगरपालिकाको साझेदारीमा स्थानीय पथप्रदर्शक तालिम दिन लागेको हो ।

गोरखालाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नका लागि पुसको पहिलो हप्ता तालिम संचालन गर्न लागेको नगरपालिकाले जनाएको छ । उक्त तालिममा नगरपालिकाभित्रका ३५ जना सहभागी हुने नगरपालिका सामाजिक शाखाका प्रमुख विजयभक्त उपाध्यायले बताए ।

तालिममा सहभागीहरुलाई पर्यटनसँग सम्बन्धित विषयबस्तुको जानकारी दिइने उनले बताए । जिल्लाभित्र आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गोरखाको धर्म, संस्कृति, भूगोल, इतिहासबारेमा र यहाँका पर्यटकीय स्थलहरुको बारमा जानकारी दिइने उनले जानकारी दिए ।

त्यसपछि तालिम लिएका आफै पनि काम गर्न पाइने र जिल्ला भित्रका सबै सरोकारवालाहरुसँग छलफल गरी पर्यटन समिति निर्माण हुने र उनीहरु मार्फत नै अघि बढ्ने उनले बताए । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक भएकाहरुलाई आवेदन दिन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्