| शनिबार, बैशाख २२, २०८१

मिरकोटको कोटगढीमा धार्मिक महा–महोत्सव हुने


पालुङ्टार नगरपालिका १० मिरकोटको कोटगढीमा यही माघ ११ गतेदेखि धार्मिक महा–महोत्सव हुने भएको छ ।

कोटगढीस्थित विश्वेश्वर महादेव मन्दिरको मर्मत सम्भार, संरक्षण तथा संवद्र्धन, प्रवद्र्धनका लागि धार्मिक महा–महोत्सव आयोजना गर्न लागेको मूल आयोजक समितिले जनाएको छ ।


सो क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ धार्मिक महा–महोत्सव आयोजना गर्न लागिएको मुल आयोजक समितिले जानकारी दियो । ‘कोटगढीस्थित विश्वेश्वर महादेव मन्दिरको संरक्षण तथा संवद्र्धन गरी आन्तरिक पर्यटन तथा धार्मिक सांस्कृतिक तीर्थस्थलको रुपमा विकास गरी भ्यूटावर तथा धर्मशाला निर्माण गर्ने उद्देश्यले यही माघ ११ गतेदेखि १८ गतेसम्म पितृउद्धारात्मक मिरकोट धार्मिक महा–महोत्सव गर्न लागिएको छ’, मूल आयोजकले जारी गरेको अपिलमा भनिएको छ, ‘महोत्सवमा कथावाचक रामानुजदास सन्तोषजी महाराजको मुखारविन्दबाट भागवत कथा वाचन हुनेछ । साथै राष्ट्रिय स्तरका कलाकारहरुले भजतकीर्तन गर्नेछन् ।’

सो अवसरमा धार्मिक झाँकी तथा चेतनामुलक नाटकसमेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्