| शनिबार, फाल्गुन ३, २०८१

मनकामनादेखि गोरखकालीसम्म रोटरियनहरुको पदयात्रा सुरु


रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले मनकामनादेखि गोरखकालीसम्म दुई दिने शान्ति पदयात्रा सुरु गरेका छन् । रोटरी क्लवको ११९ औँ स्थापना दिवसका अवसरमा क्लवले शुक्रबार बिहान साँढे ६ बजेदेखि यात्रा सुरु गरेको हो ।


‘समग्र गोरखा जिल्लाको विकासमा पर्यटनको हात, पर्यटन प्रवद्र्धनमा रोटरी गोरखाको साथ’, भन्ने मूल नाराका साथ यात्रा सुरु गरिएको क्लवका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।


गोरखा बजारबाट मनकामना मन्दिरसम्म सवारी साधनमा जाने र मनकामना मन्दिर स्थलदेखि गोरखकाली मन्दिरस्थलसम्म पैदल यात्रा गर्ने अध्यक्ष अर्यालले जानकारी दिए । बिहान साँढे नौ बजेबाट पदयात्रा सुरु गर्ने उनले जानकारी दिए ।


पदयात्रा गरेर पहिलो दिन साँझ सहिद लखन गाउँपालिकाको कोटथोकमा बास बस्ने कार्यक्रम रहेको र शनिबार साँझ गोरखा बजार पुग्ने कार्यक्रम रहेको रोटरी क्लव अफ गोरखाले जनाएको छ ।


यसअघि पनि बर्षेनी स्थापना दिवस पारेर रोटरी क्लवले सो पदमार्गमा पदयात्रा गर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्