| आइतवार, जेष्ठ ६, २०८१

रोटरी क्लवद्वारा बुंकोट आधारभूत स्वास्थ्यकेन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण


रोटरी क्लव अफ काठमाडौ नर्थले गोरखाको बुंकोटस्थित एक स्वास्थ्य संस्थालाई स्वास्थ सम्बन्धी सामग्री उपलब्ध गराएको छ । रोटरी क्लव अफ गोरखाको समन्वयमा सो क्लवले सहिद लखन गाउँपालिका ८ स्थित बुंकोट आधारभूत स्वास्थ्य केन्द्रलाई शुक्रबार एक समारोहका बीच स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।


वडाअध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा रोटरी क्लव अफ काठमाडौँ नर्थले बुंकोट आधारभूत स्वाथ्यकेन्द्रका लागि २५० थान डक्टर म्याक्स सर्जिकल ग्लोब्स, २५० थान सर्जिकल ग्लोब्स, डिजिटल थर्मोमिटर पाँच थान, फिंगलटिप्सप्लस अक्सिमिटर तीनथान, ब्लडप्रेसर नाप्ने यन्त्र दुईथान, तौल गर्ने उपकरण एकथान, टु इन वान वेट मेसिन एकथान र एकथान ल्यापटप प्रदान गरेको हो ।


सो कार्यक्रममा रोटरी क्लव अफ गोरखाका अध्यक्ष ज्ञानहरि अर्याल, पूर्व अध्यक्ष पवनरमण खनाल, रोटरी क्लव अफ काठमाडौँ नर्थका अध्यक्ष सुवास घिमिरे, नेपाल टेलिभिजनका डाइरेक्टर राजकुमार थापा, सहिदलखन गाउँपालिका ८ का पूर्व वडाअध्यक्ष काशिनाथ अम्गाईलगायतले मन्तव्य ब्यक्त गरेका थिए । उनीहरुले रोटरी क्लव अफ काठमार्डौ नर्थबाट प्राप्त सो सामग्रीले स्वास्थ्य केन्द्रको कार्य सञ्चालनमा ठूलो मद्दत पुग्ने भन्दै आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्