| सोमवार, बैशाख ३, २०८१

छोरी जन्माएर मार्ने आमा १७ बर्षपछि पक्राउ

छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका ७ बुंकोटकी ३६ बर्षकी मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनलाई कैद सजायँ असुलका लागि शुक्रबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँचसय रुपैयाँ जरिबाना फैसला गरेको थियो । मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुईबर्ष कैद सजायँ फैसला गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्