| आइतवार, माघ २७, २०८१

नवौँ ओसन कपको उपाधि द ओल्ड क्यापिटल माविलाई

नवौँ ओसन कपको उपाधी द ओल्ड क्यापिटल माविले हात पारेको छ । लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै द ओल्ड क्यापिटल उपाधि जित्न सफल भएको हो । ‘गोरखा मेयर युवा फुटबल विकास परियोजना’ अन्तर्गत ‘गोरखाको गौरव गोरखाको शान यवुा फुटबल बिकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ द ओसन क्लबको आयोजनामा गत २०८० असोज १३ गतेबाट स्वर्गीय ईमान ब स्मृति खेलमैदानको ओसन टर्फमा भएको ९ औ ओसन कप यु १३ अन्तर विद्यालय लिग २०८० को फाईनल खेल शनिबार सम्पन्न भएको हो ।

विजेता टिम द ओल्ड क्यापिटलका लागि विपन गरुुङ र प्रज्वल थापा मगरले गोल गर्न सफल भएका थिए । यसैगरी प्रतियोगिता अन्र्तगतको प्लेट च्याम्पियनसिपको उपाधि रत्नराज्य मावि विरेन्चोकले जित्न सफल भएको छ । शनिबार सम्पन्न पहिलो खेलमा सूर्यमुखी बोर्डिङलाई ३—२ गोल अन्तरलले पराजित गदै रत्नराज्य प्लेट च्याम्पियन बन्न सफल भएको हो ।

विजेता द ओल्ड क्यापिटल माविले नगद रु ७ हजार पाँचसय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका सचिव सविन खत्रीले जानकारी दिए । यस्तै, उपविजेता लक्ष्मी सामुदायिक शिक्षा सदनले नगद रु तीन हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवले जनाएको छ । साथै, प्लेट च्याम्पियन रत्नराज्य माविलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख अतिथ्यतामा सम्पन्न समापन एवं परस्कार वितरण कार्यक्रममा गोरखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कुलबहादर कुँवर, गोरखा जिल्ला फुटबल संघका अध्यक्ष विशाल गरुुङ लगायतको उपस्थिति रहेको थियो । गत असोज १३ गतेबाट सुरु भएको सो प्रतियोगितामा गोरखा नगरपालिका भित्रका ९ विद्यालयहरुका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्