| आइतवार, बैशाख १६, २०८१

जेनियस स्कुलको संचालक समितिको अध्यक्षमा विनोद अर्याल

गोरखा नगरपालिका–७ नयाँबजारस्थित जेनियस गोरखा इङ्गलिस स्कुल प्रालिको १७ औ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले बिनोद अर्यालको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा माधव थापा मगर, सचिवमा दामोदर घिमिरे, कोषाध्यक्षमा दिपक श्रेष्ठ, सहसचिवमा सोमप्रसाद श्रेष्ठ चयन गरेको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण आचार्य, सनद श्रेष्ठ र शिवराम भुसाललाई चयन गरेको छ । अधिवेशनले नारायणबाबु श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा रामशरण कोइराला र आशकाजी श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको अवसरमा समितिका पूर्व अध्यक्ष बिष्णु राना मगर सम्मानित भएका छन् । दोसल्ला ओडाएर राना मगरलाई कदर पत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यस्तै लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षक सुनिता थापा मगरलाई पनि सम्मान गरिएको छ । दोसल्ला ओडाएर नगद सहित कदरपत्रले उनलाई सम्मान गरिएको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष शित्तलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक रामबहादुर कोइराला, विद्यालयका प्रधानाध्यापक सन्तोष थापा, समितिका पूर्व अध्यक्षहरु राना, केशव बस्नेत, शिक्षक रामचन्द्र ज्ञवाली, शेयरधनी बिनोद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्