| आइतवार, माघ २७, २०८१

आफ्नै होटलमा काम गर्ने युवतीमाथि बलात्कार गरेको आरोपमा बस्नेत पक्राउ

गोरखा नगरपालिका ११ स्थित बारकिलो बजारमा होटल व्यवसाय गर्ने इश्वर बस्नेतलाई बलात्कार आरोपमा पक्राउ परेका छन् । आफ्नै होटलमा काम गर्ने २२ बर्षकी युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बस्नेत पक्राउ परेका हुन् ।

पीडित स्वयंको जाहेरीका आधारमा बस्नेतनलाई गत शुक्रबार पक्राउ गरिएको र आइतबार गोरखा जिल्ला अदालतमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले गत फागुन १५ गते बिहान साँढे ११ बजे होटलमा काम गर्ने ती युवतीमाथि जबर्जस्ती करणी गरेको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्