
नेपाल शिक्षक संघको २३ औं प्रतिनिधिसभा सम्पन्न
नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गोरखाको २३ औं प्रतिनिधि सभा गत शनिबार सम्पन्न भएको छ । जिल्ला कार्यसमिति गोरखाको आयोजना र सिरानचोक स्थानीय कार्य समितिको सहकार्यमा सिरानचोकको चोरकाटेमा प्रतिनिधिसभा सम्पन्न भएको जिल्ला सचिव रुद्र उप्रेतीले जानकारी दिए ।
जिल्ला अध्यक्ष लक्ष्मणबाबु आचार्यको सभापतित्व, कांग्रेस गोरखाका सभापति तथा गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा नेपाल शिक्षक संघ संघीय कार्य समितिका अर्थउपमहासचिव तीर्थराज प्रसाद यादवको विशेष आतिथ्यता रहेको सचिव उप्रेतीले जानकारी दिए ।
यस कार्यक्रमलाई सफल बनाउनु उपस्थित हुनु हुने पूर्व अध्यक्षहरू, गण्डकी प्रदेश उपाध्यक्ष, ने।का। महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, सिरानचोक गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्षहरू नेपाल शिक्षक संघका सबै स्थानीय समितिका अध्यक्षहरू जिल्ला कार्य समितिका पदाधिकारीहरू सहभागी थिए ।
सो सभामा सेवाबाट निवृत्त भएका १७ जना शिक्षकहरुलाई सम्मान गरिएको सचिव उप्रेतीले जानकारी दिए । सभाको बन्द सत्रबाट सचिव तथा अर्थ सचिवको प्रतिवेदन सर्वसम्मत पारित गरी भावी कार्ययोजना निर्माण गरिएको थियो ।