
गोरखा ट्राफिकले थाल्यो सवारीमा सचेतनामूलक सन्देश लेखिएको स्टिकर टाँस्ने अभियान
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी दुर्घटना न्यूनिकरणका लागी भन्दै सचेतनामूलक सन्देश उल्लेख भएको स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । ।
ट्राफिक कार्यलयको समन्वय र लायन्स क्लब अफ गोरखा डायमन्डको सहकार्यमा सवारी साधनहरुमा ‘सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग नगरौ’ लेखिएको सन्देशमुलक स्टिकर टासिएको ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी बरिष्ठ नायब निरीक्षक शिब प्रसाद पाठकले जानकारी दिए ।

सवारी चालकले मोबाईल फोन प्रयोग गरी सवारी चलाएको पाइएकाले चालकहरुलाई सचेतना अभिबृद्धी गर्ने उदेश्यले स्टिकर टाँस अभियान संचालन गरिएको पाठकको भनाई छ ।
सोमवार गोरखा नगरपालिका ८ आहाले स्थित गोरखा आरुघाट सडकखण्डमा २० सवारी साधनमा सन्देशमुलक स्टिकर टाँसिएको उनले जानकारी दिए ।
आगामी १५ दिनसम्म स्टिकर टाँस्ने अभियान संचालन हुने बताइएको छ ।