महिला खुल्ला दौड प्रतियोगितामा नेपाली पहिलो
जिल्ला सदरमुकाममा भएको पाँचौ महिला खुल्ला दौड प्रतियोगितामा एलिना नेपाली पहिलो भएकी छन् ।
निर्धारित २.८ किलोमिटरको दुरी १२ मिनेट ७ सेकेन्डमा पार गर्दै उनले पहिलो स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा पिन्जना राई दोस्रो, जमुना रोका तेस्रो र सोविता रोका सान्त्वना भएका छन् । निर्धारित दुरी उनीहरुले क्रमश १२ मिनेट १७ सेकेन्ड, १२ मिनेट ३० सेकेन्ड र १३ मिनेट ३० सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा पहिलो हुने नेपालीले सात हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएकी छन् ।
दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश पाँच हजार, तीन हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाएको बताइएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर रोट्रयाक्ट क्लब अफ बज्र मनासलुको आयोजनामा प्रतियोगिता भएको हो । रोटरी सप्ताह अन्तरगत प्रतियोगिता गरिएको क्लबका अध्यक्ष सन्दिप बयलकोटीले बताए ।
पुरस्कार वितरण कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष शिशुबाबु प्रधान, पुर्व अध्यक्ष विष्णु राना, सुरक्षा निकायका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो।