| मङ्लबार, बैशाख ४, २०८१

गोरखाकी कल्पना श्रेष्ठलाई नेशनल एजुकेशन एवार्ड


बेस्ट मन्टेश्वरी गोरखाकी सञ्चालक कल्पना श्रेष्ठले यस बर्षको नेशनल एजुकेशन एवार्ड प्राप्त गरेकी छिन् । मंगलबार राजधानी काठमाडौँमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई एवार्ड प्रदान गरेका हुन् ।


शिक्षालय नामक संस्थाले अठारौँ एवार्ड श्रृङ्खलाका रुपमा बेस्ट मन्टेश्वरी नयाँबजार गोरखाकी सञ्चालक श्रेष्ठलाई छनौट गरी एवार्ड गरेको हो । गोरखामा बिगत तीनबर्षदेखि सञ्चालन भएको बेस्ट मन्टेश्वरी देशभरिका मन्टेश्वरीहरुमध्य सर्वोत्कृष्ठ छनौट भएको हो ।

मोफसलमा रहेर पनि उत्कृष्ठ रुपमा मन्टेश्वरी सञ्चालन गरेकाले सम्मानित गरिएको शिक्षालयले जनाएको छ ।


शिक्षा क्षेत्रमा उत्कृष्ठ काम गर्नेलाई बिगत १८ बर्षदेखि सम्मान गरेको सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्