| मङ्लबार, बैशाख ४, २०८१

पालुङटार ९ सेरामा फुटवल प्रतियोगिता हुने

पालुङटार नगरपालिका–९ सेराको गैरीचौर खेल मैदानमा वैशाख १ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । न्यु ट्रयाक एण्ड सेराली युवा क्लवले नयाँबर्ष तथा चैतेदशैको उपलक्ष्यमा वैशाख १ गतेदेखि ४ गतेसम्म फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

दुई वटा क्लवको संयुक्त आयोजनामा ‘दोस्रो चैते दशै मेला नक आउट फुटबल प्रतियोगिता’ हुने भएको हो । प्रतियोगितामा७/७ जना खेलाडीहरु खेल्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि टिम दर्ता शुल्क चार हजार पाँच सय तोकिएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार ५० रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार २५ रुपैया नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई १ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई ११ सय नगद, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्