| शुक्रबार, माघ ४, २०८१

पालुङ्टारमा आँखा जाँच शिविर सम्पन्न, एक हजार बढीले सेवा लिए

पालुङटारमा २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार कर्माफ्लाइट्स फाउन्डेशन नेपाल कास्की पोखराको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा पालुङटार नगरपालिकाका ७७६ जना, लम्जुङको राइनास नगरपालिकाका ४७१ जना र सिरानचोक गाउँपालिकाका ५१७ जना गरी जम्मा १७६४ जनाले सेवा लिएको पालुङटार नगरपालिकाले जनाएको छ । परिक्षण गराएकामध्य राइनास नगरपालिकाका २६ जना, सिरानचोक गाउँपालिकाका ६७ जना र पालुङटार नगरपालिकाका २१ जना गरी जम्मा १२१ जनामा मोतियाविन्दुको पहिचान भएको नगरपालिकाको भनाई छ ।

कार्यक्रममा मोतियाविन्दुको पहिचान भएकामध्य राइनास नगरपालिकाको १० जना महिला, ९ जना पूरुष गरी १९ जना, सिरानचोक गाउँपालिकाको २ जना महिला १२ जना पूरुष गरी १४ जना र पालुङटार नगरपालिकाको ८ जना महिला ८ जना पूरुष गरी जम्मा १६ जना गरी कुल ४९ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । पालुङटार नगरपालिकाको समन्वय तथा आँपपिपल अस्पताल गोरखाको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्