| मङ्लबार, बैशाख ४, २०८१

लागुऔषधसहित दुई व्यक्ति पक्राउ

आबुँखैरेनीमा लागुऔषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय आबुँखैरेनीले विभिन्न समयमा लागुआषधसहित दुईजनालाई पक्राउ गरेको हो । सोमबार तनहुँको आबुँखैरेनी गाउँपालिका वडा नं ४ स्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागु औषधीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका वडा नं १ घर भई हाल बर्दघाट नगरपालिका १० नवलपरासी बस्ने २५ वर्षीय बर्ष ज्ञानेश्वर घिमिरे रहेको इलाका प्रहरी कार्यलय तनहुँले जनाएको छ । घिमिरेको साथबाट लुकाइछिपाइ ल्याएको अवस्थामा नियन्त्रित लागुऔषधहरु बरामद गरिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले प्रतिवादी सुमन थापा समेत भएको लागु औषध (गाँजा) मुद्धामा फरार प्रतिवादी बिक्रम नेपालीलाई आइतबार तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ बाट पक्राउ गरेको छ । नेपालीलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्