| शुक्रबार, बैशाख २१, २०८१

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गत सोमबार बालिका बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–९ विर्दी बुढुवाका ३२ बर्षीय शेरबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितका आफन्तले दिएको जाहेरी अनुसार सोमवार साँझ ५ बजेको समयमा बाटोमा हिडिरहेकी बालिकालाई पछाडिबाट जवरजस्ती समाती आफ्नो घरभित्र लगेर गुरुङले बलात्कार गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

जाहेरी प्राप्त भएपछि सोही दिन गुरुङलाई पक्राउ गरिएको र मंगलवार उनी बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्