| शुक्रबार, बैशाख २१, २०८१

भलिवल प्रतियोगिताको फाइनल खेल आज हुने

हरमटारी खेलमैदानमा जारी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएको छ । महिला र पुरुष दुवैको फाइनल शुक्रबार हुने आयोजक जिल्ला भलिबल संघले जनाएको छ । दिउँसो दुईबजे हुने महिलातर्फको फाइनलमा सहिदलखन र बारपाक सुलिकोट भिड्दैछन् ।

पुरुषतर्फ भने सहिद लखन फाइनलमा प्रवेश गरिसकेको छ । बिहिबार भएको सेमिफाइनल खेलमा अजिरकोटलाई हराउँदै सहिद लखन फाइनलमा पुगेको हो । फाइनल खेलका लागि शुक्रबार बिहान सातबजे बारपाक सुलिकोट र भीमसेनथापा बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

बिहिबार सम्पन्न महिलातर्फको सेमीफाइनलमा शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकाले क्रमश पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिकालाई ३—० अङकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । तेस्रो स्थानका लागि बिहान १० बजे पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिका बीच हुने आयोजकको भनाइ छ ।

यस्तै,बिहिबार पुरुष तर्फको सेमिफाइनलको पहिलो खेल दिउँसो २ बजे शहिद लखन र अजिरकोट गाउँपालिकाबीच भएको थियो । उक्त खेलमा अजिरकोटलाई ३—० अन्तरले हराउँदै शहिदलखन फाइनल खेलमा प्रवेश गरेको छ । खराब मौसमका कारण भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकाबीच हुने भनिएको खेल स्थगित भएको थियोे ।

शुक्रबार बिहान ७ बजे बारपाक सुलिकोट र भीमसेनथापा बीच सेमिफाइनलको खेल हुँदैछ । बिजेता टिमले दिउँसो ४ बजेको फाइनल खेलमा शहिदलखन गाउँपालिकासँग भिड्ने आयोजक जिल्ला भलिवल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्