| सोमवार, बैशाख १७, २०८१

रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा गोरखाका तीन जना पक्राउ

रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा गोरखाका तीन जना पक्राउ परेका छन् । आरुघाट गाउँपालिका वडा नम्वर २ का २४ बर्षीय रमेश कार्की, वडा नम्वर ४ की २१ बर्षीया रितु मगर र सिरानचोक गाउँपालिका वडा नम्वर २ की २१ बर्षीया मनिषा गुरुङलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले बिहिबार काठमाण्डौबाट पक्राउ गरेको हो ।

बिहिबार साँझ ६ बजेतिर काठमाडौं महानगरपालिका–१५ किमडोल कारखाना चोकस्थित भारतीय नागरिक शुभकान्त सामल, अनिकेत कुमार, अर्जुन कुमार, गौरब शेखर र अर्विन्द कुमारलाई उनीहरुले एक रेष्टुरेन्टमा बन्धक बनाइ डाँका चोरी गरेको बताइएको छ । प्रहरीले उनीहरुसहित अन्य छ जनालाई पनि पक्राउ गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिकाका निल कुमार तामाङ, सल्यानको दार्मा गाउँपालिकाका सञ्जय चन्द ठकुरी, मकवानपुरको भीमफेदी गाउँपालिकाका आशिष प्रजा, रामेछापको सुनापति गाउँपालिकाका विशाल खड्का, तनुहँको व्यास नगरपालिकाका पेमा गुरुङ र धादिङको निलकण्ठ नगरपालिकाका बाबुराम श्रेष्ठ पनि पक्राउ परेका हुन् । उनीहरु बिरुद्ध डाँका चोरीको कसुरमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्