| बुधबार, बैशाख १९, २०८१

प्रयोगविहीन अवस्थामा रहेका होर्डिङ बोर्डलाई सदुपयोग गर्दे डिभिजन वन कार्यालय

गोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत प्रयोगविहीन अवस्थामा रहेका होर्डिङ बोर्डहरुलाई डिभिजन वन कार्यालयले सदुपयोग छ । उक्त होर्डिङ बोर्डमा वन, वातावरण र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामूलक सन्देशहरु राखिएको कार्यालयले जनाएको छ ।

‘बिशेष गरी गोरखा नगरपालिका वडा नम्वर ११ र १३ मा रहेका होर्डिङ बोर्डलाई प्रयोग गरेका छौ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘त्यसमा वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ, चोरी निकासी रोक्नुपर्छ र वनको संक्रिय व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिएका छौ ।’

पहिलो चरणमा तीन वटा होर्डिङ बोर्ड प्रयोग गरिएको बताउँदै उनले थपे, ‘यस्तै प्रयोगविहीन अवस्थामा रहेका अन्य होर्डिङ बोर्डहरुलाई पनि अव प्रयोग गर्दै जान्छौ ।’

प्रतिक्रिया दिनुहोस्