| बुधबार, बैशाख १९, २०८१

भोली मनकामना केवलकार बन्द हुने

बैशाख ७ गते शुक्रवार मनकामना केवलकार बन्द हुने भएको छ । आवश्यक मर्मत संहारका लागी सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै प्रालिले ८ गतेबाट पुनः केवलकार संचालनमा आउने जनाएको छ ।

ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति प्रालिले क्षमा समेत मागेको छ । केवलकार बन्द रहेपनि बटम स्टेशनस्थित रेष्टुरेष्ट भने संचालनमा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्