| आइतवार, बैशाख २३, २०८१

सामागाउँमा दुईदिने ढाज्याङ मेला धुमधामले सम्पन्न

उत्तरी गोरखाको सामागाउँमा दुईदिने ढाज्याङ मेला धुमधामले सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको २ दिने मेलाको अन्तिम दिन बुधबार घोडादौड प्रतियोगिताको आयोजना गरिएको थियो ।

१० जनाको सहभागिता रहेको घोडादौड प्रतियोगितामा ठिले लामा प्रथम भएका छन् । फुटबल, डोरी तान्ने प्रतियोगिता, दौड प्रतियोगिता र तीर हान्ने प्रतियोगिता लगायतका खेलकुद प्रतियोगिताहरुको आयोजना गरी मेला समापन गरिएको चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँका वडा सदस्य पासाङ लामाले जानकारी दिए ।

मेलाको अबसरमा आयोजित फुटबल प्रतियोगितामा तेन्जिङ लामाको टोली बिजयी बनेको छ । यस्तै, डोरी तान्ने प्रतियोगितामा ठिले लामाको टोली बिजयी बनेको उनले बताए । महिलातर्फको दौड प्रतियोगितामा एक खेल मात्र सम्पन्न भएको थियो । जसमा निमा डोल्मा प्रथम भएकी छिन् ।

यसैगरी पुरुषतर्फको ४० वर्ष मुनिको दौड प्रतियोगितामा छिरिङ फिन्जो प्रथम भएका छन भने, ४० वर्ष माथिको प्रतियोगितामा राजु लामा प्रथम भएको वडा सदस्य पासाङ लामाले बताए । बुधबार भएको तीर हान्ने प्रतियोगितामा घ्याल्जेन लामा प्रथम भएका उनले बताए । ढाज्याङ मेला समापन भएसँगै सामागाउँबासीले खेतबारीको काम सुरु गर्ने वडा सदस्य लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्