| सोमवार, बैशाख ३१, २०८१

चुम्चेतमा एक महिने गलैँचा बुन्ने तालिम संचालन

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा गलैँचा बुन्ने तालिम संचालन भइरहेको छ । गाउँपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गत चैत्र २५ गतेबाट तालिम शुरु भएको हो ।

२२ जना महिलाहरुको सहभागीता रहेको तालिम एक महिनासम्म चल्ने छ । स्थानीय स्तरमै गलैचा उत्पादन गरेर गृहिणी महिलाहरुको जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको वडाध्यक्ष सरोज लामाले बताए ।

‘हाम्रो यहाँ धेरै काममा गलैँचा प्रयोग हुन्छ तर, पछिल्लो समय गलैँचा यहाँ उत्पादन नभएर तल्लो क्षेत्रबाट किनेर ल्याउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘तल पाउने गलैचा यहाँ उत्पादन भएजस्तो राम्रो पनि नहुने रहेछ । स्थानीय उत्पादनलाई बढाउने र आयातलाई घटाउने उद्देश्यले यो तालिमको आयोजना गरेका हौँ ।’

तालिम पश्चात गलैचा उत्पादन गरेर महिलाहरुले आर्थिक लाभ समेत लिन सक्ने उनको भनाइ छ ।तालिममा बृद्धि लामाले सहजिकरण गरेका छन् । गलैचा बुन्ने तालिमसँगै सिलाई बुनाइ तालिम पनि संचालन भइरहेको लामाले बताए । उनका अनुसार उक्त तालिम ६५ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्