| शुक्रबार, जेष्ठ ४, २०८१

बालबालिकाको मे दिवस

गोरखा सदरमुकामको बेस्ट मन्टेश्वरीमा अध्ययनरत बालबालिकाले मे दिवस मनाएका छन् । मन्टेश्वरीका चारबर्षदेखि छ बर्षसम्मका बालबालिकालाई श्रम र श्रमिकको महत्वका बारेमा जानकारी गराइएको थियो ।

साथै श्रमिकले चलाउने औजारको प्रदर्शनी पनि गरिएको थियो । कस्तो काम गर्ने कामदारले के औजार चलाउँछन् भन्ने बारेमा पनि जानकारी गराइएको थियो ।

श्रमप्रति सम्मानको भावना पैदा गर्न स–साना बालबालिकालाई श्रमिक दिवसमा सरिक गराइएको मन्टेश्वरीकी सञ्चालिका कल्पना श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्