| आइतवार, असार ३१, २०८१

हाइ अल्टिच्यूड फुटबल प्रतियोगिता : स्यालामा छैठौँ नुब्री मनास्लु कप सुरु

समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित स्यालामा छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सुरु भएको छ । चुमनुब्री २ को स्यालास्थित खेलमैदानमा ल्हीस्यो क्लबको आयोजना शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।
फुटबल प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल सम्पन्न भएको थियो । आइतबार दोस्रो दिन पाँच खेल सम्पन्न भएको थार्पा लामाले बताए ।

प्रतियोगिताका बिजेता टिमले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने छन् । फुटबल प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५० र ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिप्परलाई समेत छुट्टै पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

उत्तरी गोरखाका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गरी सुरु गरेका थिए ।

सोहि समयबाट निरन्तर प्रतियोगिता आयोजना हँुदै आएको छ । प्रत्येक वडाले आलोपालो आयोजना गर्ने नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आउँदो वर्ष हुने सातौं श्रृङ्खला प्रोक फुटबल क्लवले प्रोकमा आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्