| बिहिबार, मंसिर २०, २०८१

गोरखा नगरभित्रका पर्यटकीय स्थलहरुको रुट सार्वजनिक

गोरखा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको विवरण संकलन गरी रुट तय गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबीच छनोट भएका स्थल र रुट सार्वजनिक गरिएको छ । छनोट भएका स्थलहरुलाई बिभिन्न ६ रुटमा बिभाजन गरिएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए ।

उनका अनुसार रुट नम्वर १ मा रानीपोखरी, गोरखा दरवार, संग्रहालय, बिसे नगर्ची पार्क, तल्लो कोट, रामशाह चौतारा, कुइरेभिर भ्यू टावर, झाँक्री गुफा, रक गार्डेन, सरस्वती आश्रम लगायतका स्थललाई राखिएको छ । फूलपाती सेलाउने कुण्ड, चिल्ड्रेन पार्क, दुल देवता, द्रव्यशाह चौतारा, पश्चिमकाली मन्दिर, हिलेपोखरी लगायतका स्थललाई रुट नम्वर २ मा समावेश गरिएको छ ।

रुट नम्वर ३ मा सतिपिपल गुम्वा, बिन्ध्यवासिनी मन्दिर, भीमसेन पार्क, जर्नेल धारा, बेनिखोला ताल लगायतका स्थल रहेका छन् । झाँक्री गुफा, डेरागाउँ जामे मज्जिद, भुत्याहा छाँगो, अकला मन्दिर, ताप्लेकोट मन्दिर र देविस्थान मन्दिर रुट नम्वर ४ मा परेका छन् । आमडाँडा मन्दिर, योगी आश्रम, गोरखनाथ मन्दिर, बिरेडाँडा पार्क, बिरिमकाली मन्दिर, थुम्काचुली भ्यू टावर र लट्टेश्वर महादेव तथा महादेवटारी उद्यान रुट नम्वर ५ मा छन् । रुट नम्वर ६ मा महादेव मन्दिर, अकला मन्दिर बुढीकोट मन्दिर र रामशाह घाट रहेको ढकालले बताए ।

‘हामीले संकलन गरेको स्थल र विवरणहरु सार्वजनिक गरेर शुक्रवार सरोकारवालासँग प्रारम्भिक चरणको छलफल ग¥यौ,’ उनले भने, ‘अव बिज्ञहरुसँग पनि छलफल गरेर राय सल्लाह लिन्छौ, अनि थप भेरिफाइ गर्छाै ।’ नगर क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागी पर्यटकीय स्थलहरुको रुट सहितको बुकलेट तयार गर्ने र पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग समन्वय गरेर अघि बढ्ने योजना रहेको उनले जानकारी दिए । छनोट भएका पर्यटकीय स्थलमा ती स्थानहरुको विवरणसहितको होर्डिङ बोर्ड समेत राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्