| आइतवार, असार ३१, २०८१

इप्रका आँबुखैरेनीद्वारा लागु औषधसहित तीन युवा पक्राउ

प्रतिवन्धित लागुऔषध ट्रमाडोल र अनार्गनसहित तीन युवा पक्राउ परेका छन् । लागुऔषध प्रयोग तथा ओसारपसार निमिट्यान्न पार्ने लक्ष्यका साथ सघन चेकजाँच अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले गोरखाका १ र पोखराका दुई युवालाई पक्राउ गरेको हो ।


सवारी साधनमा लागुऔषध ओसारपसार भए नभएको चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १७ प ९४१७ नंबरको स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नं. १४ का १९ बर्षका अशोक नेपाली र पोखरा २६ का २२ बर्षीय राजन विकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चारसय क्याप्सुल ट्रामाडोल र चारसय थान अनार्गन क्याप्सूल नियन्त्रणमा लिएको इप्रका आँबुखैरेनीले जनाएको छ ।


त्यस्तै पालुङटार नगरपालिका ५ गोरखाका ३० बर्षका शुभप्रभात तामाङलाई पनि ९६ थान ट्रमाडोल क्याप्सुलसहित पक्राउ गरेको छ ।


पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इप्रका आँबुखैरेनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्