गण्डकी ७ को शिव आधारभूत विद्यालयमा पहिरोले क्षति
गण्डकी गाउँपालिका ७ सितलडाँडास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिमा परेको छ । अविरल बर्षाका कारण विद्यालयको आँगनको टेवा पर्खाल र घेरावार भत्काएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । उनका अनुसार यसैबर्ष निर्माण गरिएको बिद्यालयको आँगनको टेवा पर्खाल र घेरावार भत्काएको हो ।
कक्षा ८ सम्म सञ्चालन भएको सो विद्यालयमा ८० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । पहिरोका कारण विद्यालय भवन पनि भत्कने र थप क्षति हुने जोखिम छ । प्रधानध्यापक प्रकाश रेग्मीले पर्याप्त आर्थिक स्रोत नभएको र न्युन बजेटमा बनाएको पर्खाल पनि भत्किएपछि समस्या भएको बताए ।
त्यस्तै गोरखा नगरपालिका १३ भूमेटारकी एक किसानको खोरमा पनि पहिरोले क्षति पु¥याएको छ । स्थानीय अम्बिका अधिकारीको फर्मको बङ्गुर पहिरोले बगाएर लगेको प्रहरीले जनाएको छ ।