| बिहिबार, मंसिर २०, २०८१

प्रथम अन्तर मावि बक्तृत्वकला प्रतियोगिता हुने

२११ औँ भानु जयन्तीको अवसरमा जिल्लामा प्रथम अन्तर मावि बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
ग्लोबल गोरखा समाजको आयोजनामा ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयक बक्तृत्वकला प्रतियोगिता हुन लागेको हो ।

यही असार २९ गते हुने प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ग्लोबल गोरखा समाज नेपालका सदस्य शरण श्रेष्ठले बताए । सदरमुकाम स्थित होटल मिराकलमा हुने प्रतियोगितामा द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगितामा सान्त्वना हुने २ जनालाई १० हजारका दरले नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
प्रत्येक स्थानीय तहबाट दुई जनाका दरले (एक जना छात्रा अनिवार्य) बिद्यार्थी सहभागी गराइदिन संमाजले पालिकाहरुलाई आग्रह समेत गरेको छ । ‘एउटा पलिकाबाट सामुदायिक बिद्यालयको कक्षा ९ देखि १२ सम्म पढ्ने दुई जना बिद्यार्थी सहभागी गराउन भनेका छौ,’ श्रेष्ठले भने, ‘त्यसमा एक जना छात्रा अनिवार्य हुनुपर्ने भनेका छौ ।’
बिद्यार्थी छनोटको अधिकार सम्बन्धित पालिकाको शिक्षा शाखालाई हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्