| आइतवार, असार ३१, २०८१

धार्चेका २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

धार्चे गाउँपालिकाले पालिकाका २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
आईतबार पालिकाले प्रति विद्यार्थी ४० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।

‘गाउँपालिका स्थायी घर भई पढाइका शिलशिलामा सदरमुकाम लगायत अन्य ठाउँहरुका बसोबास गर्दै आएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिएका हौँ’, पालिकाको शिक्षा शाखाका टेक बहादुर गुरुङले भने, ‘विपन्न एवं प्राविधिक धार, विज्ञान संकाय र शिक्षा संकायको हकमा अनिवार्य रुपमा गणित, विज्ञान र अङ्ग्रेजी विषयमा स्नातक दोस्रो वर्ष पुरा गरेका विद्यार्थीहरुलाई मात्र छात्रवृत्ति दिइएको हो ।’

विद्यार्थीहरुको पढाइमा सहजता होस् भनेर छात्रवृत्ति प्रदान गरिएको उनले बताए । पालिकाले कार्यविधि नै पारित गरेर छात्रवृत्ति कार्यक्रम संचालन गरेको उनले जानकारी दिए । जिल्ला सदरमुकाममा एक कार्यक्रमकाबीच पालिका अध्यक्ष र उपाध्यक्षको उपस्थितीमा बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्राप्त हुने रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्