| आइतवार, असार ३१, २०८१

पालुङटारको १५ औँ नगरसभा मंगलबार सम्पन्न, वित्तीय प्रगति ८३.१७ प्रतिशत

पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वित्तिय प्रगति ८३.१७ प्रतिशत रहेको छ । पालिकाको मंगलबार सम्पन्न १५ औँ नगरसभामा प्रमुख प्रशासकीय अधिकृतले उक्त विवरण सार्वजनिक गरेका हुन् । चालु (प्रशासनिक खर्च)का लागी पालिकाले ५८ करोड १४ लाख १६ हजार रकम बिनियोजन गरेको थियो । जसको रकमको ८७.३ प्रतिशत अर्थात ५० करोड ७५ लाख ९४ हजार रकम मात्र खर्च भएको उल्लेख छ ।
यस्तै, पुँजीगत (बिकास निर्माण) तर्फ पालिकाले ३८ करोड ७३ लाख ९२ हजार रकम बिनियोजन गरेको थियो । जसमध्य पालिकाले ८४.४९ प्रतिशत (३२ करोड ७३ लाख १२ हजार) रुपैँया मात्र खर्च गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनमा आर्थिक वर्ष २०८०÷८१ मा पालिकामा थप ३ हजार ७ सय मिटर सडक कालोपत्रे, १५ हजार ४ सय मिटर सडकमा ग्राबेल, १५ हजार मिटर कच्ची सडक निर्माण र चार हजार मिटर पक्कि नाला निर्माण भएको पालिकाले जनाएको छ । नगरपालिका अन्तरगत ६ सय २० किलोमिटर सडक वर्गाीकरण र प्राथामिकिकरण गरिएको बताईएको छ । थप ८१ वटा सामुदायिक भवन निर्माण सम्पन्न, थप ५ सय ६० घरधुरीमा खानेपानी सुविधा, ३ सय ५० मेगाटन क्षमताको कोल्ड स्टोर्स निर्माण सम्पन्न लगायतका प्रगतिहरु भएको पालिकाको भनाई छ ।
गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा पालिकाको स्थानिय तह संस्थागत क्षमता स्वमुल्याङकन (लिसा) २९ प्रतिशतले र स्थानिय तह वित्तिय सुशासन जोखिम मुल्याङकन (एफआरए) १४.५ प्रतिशतले वद्धि भएको उल्लेख छ । विद्युतिय कोष स्थानान्तरण प्रणाली लागु गरी पालिकाको भुक्तानी प्रणलीमा पारदर्शिता कायम गरिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्