
सामाजिक बिकास कार्यालयको वित्तिय प्रगति ८०.२३ प्रतिशत
सामाजिक बिकास कार्यालय गोरखाको आर्थिक वर्ष २०८०/८१ को वित्तिय प्रगति ८०.२३ प्रतिशत रहेको छ । गत आव प्राप्त भएको ९ करोड २५ लाख ७४ हजार रकममध्ये ८०.२३ प्रतिशत अर्थात ७ करोड ८६ लाख ७४ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
पुँजीगत (प्रशासनिक खर्च) तर्फ कार्यालयलाई २ करोड ३५ लाख ७४ हजार प्राप्त भएको थियो । पुँजीगत तर्फ ७०.५७ प्रतिशत (१ करोड ६६ लाख ३६ हजार) खर्च भएको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए । चालु (बिकास निर्माण) तर्फ कार्यालयले ६ करोड ९० लाख प्राप्त गरेको थियो ।
जसमध्य ८९.९ प्रतिशत अर्थात ६ करोड २० लाख रकम खर्च भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा १ सय १० योजना संचालन गर्नुपर्ने भएपनि जग्गा उपलब्ध नभएका कारण १० वटा योजना कार्यान्वयन नभएको कार्यालयले जनाएको छ । गत आव चालुतर्फ २६ वटा कार्यक्रम संचालन गरिएको कार्यालयले जनाएको छ ।