| शनिबार, माघ ५, २०८१

धार्चे पहिरोमा वेपत्ता भएकामध्ये चार जनाको शव फेला

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा र सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङको शव फेला परेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । ‘तीन जनाको शव घर नजिकै फेला पहिरोले पुरिएको अवस्थामा फेला प¥यो,’ उनले भने, ‘कान्छी मायाको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा भेटिएको हो ।’ पहिरोमा परि वेपत्ता भएका २४ बर्षीय रमेश परियारको भने खोजी कार्य जारी रहेको बताइएको छ ।
आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर एकै परिवारका तीन सहित पाँच जना वेपत्ता भएका थिए । पहिरोले जीतबहादुरको कृषि फर्म र नजिकै रहेको एउटा घर समेत बगाएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खोजी कार्यमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्