| बिहिबार, मंसिर २०, २०८१

धार्चे पहिरोमा परी वेपत्ता भएका परियार अझै भेटिएनन्

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि बेपत्ता भएका पाँच जनामध्ये एक जना अझै भेटिएका छैनन् । गोरखा घर भएका २४ बर्षीय रमेश परियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयद्धारा उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । पहिरोमा परि वेपत्ता भएका अन्य चार जनाको भने शव फेला परिसकेको छ ।

पहिरोमा परेका स्थानीय जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङको भने शव फेला परेको डिएसपी श्रेष्ठले बताए ।

उनका अनुसार जीतबहादुर, उनका बुवा सुलालकान्छा र स्थानीय रमेशको शव पहिरोले पुरिएको घर नजिकै फेला परेको हो । कान्छी मायाको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्