| शुक्रबार, चैत्र ७, २०८१

बाँसुरी बादनमा चम्किएका गोरखाको मनमोहन

मदन लोहनी :

शहिद लखन गाउँपालिका वडा नंम्बर ८ मैलुङ्गका मनमोहन फुर्सदको समयमा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । जस्तोसुकै लयमा पनि बासुरीको धुन निकाल्न सक्नु मनमोहनको विशेषता रहेको यस क्षेत्रको विज्ञहरू बताउँछन् ।

एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ । यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई ’वंशी’ पनि भनिन्छ ।

उहाँ मिठो धुन निकाल्नुहुन्छ, गीतकों भाकामा बजाँनुहुन्छ। श्रोतादर्शकहरू मु्ग्ध हुन्छन् । उहाँले आफ्नो यो कला वाद्यवादनको सिद्धान्त र शैलीसँग जोडनुभएको छ । उहॉँको बॉसुरीले धेरैलाई मोहित बनाइरहेको छ र गीतलाई गुञ्जायमान बनाइरहेको छ । बाँंसुरीको सुरिलो धुनवाट हामी सबै मोहित हुन्छौ । ओठमा राखेर सासले फुकेर औँला चहार्दां निस्कने ध्वनिको श्रुति मधुर हुन्छ यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुनेगर्छ ।

बांसुरी छोटो, लामो मझौला तीन थरी आकारको हुन्छ ।
बांसुरीलाईं ’वंंशी“ पनि भनिन्छ हिन्दू संंस्कृतिमा बासुरी र श्रीकृष्ण पर्यांयवाची मानिन्छन् । नेपाली संगीतमा सबैभन्दा बढी प्रयोग हुने बाजा पनि बाँसुरी नै हो । प्राकृतिक बाजा बांँसुरीवाट आउने धुन निकै मधुर हुन्छ । बाँंसुरीका धुन सुन्ने जो कोही मोहित हुन्छन् ।

बांँसुरी धेरै पहिलादेखि नै बजाउँदै आएको भए पनि पण्डित हरि चौरासियालाई यसकों माहा गुरुका रूपमा लिइन्छ ।
नेपाली वरिष्ठ बाधकहरू जीबन आलेमगर, सशील विश्वकर्मा, मनोज सिंह, जिबी लामा,पञच लामा, नगेन्द्र राई, बुद् लामा,यांगेन्द्र खड्का लगायत रहनुभएको छ । यस्तैमा कुशल बाँसुरी बाधकमा आउने नाम हो मनमोहन विश्बकर्मा । उहॉको बांँसुरीले धेरैलाई मोहित बनाइरहेको छ । गीतलाईं गुञ्जायमान बनाईरहेको छ । बाल्यकालदेखि नै बाँसुरी भनेपछि हुरुक्कै हुने मनमोहन बिस्तारै बढ्दै जाँदा कहिल्यै नछुटने नाता गास्यो बाँसुरीसँग ।

गाउँ घरमा मामोहनले बजाएको बाँसुरीको तालमा नाच्नेहरूले मनमोहनको हात र गाला चुमे, ढोगे र काँधमा चढाएर माया गरे । यही हौसलाले नै उहाँं यसतर्फ धकेलिनुभयो र यतिबेला कुशल बाँसुरी बाधकका रूपमा स्थापित हुनुहन्छ । उहाँले तयार गरेका संगीतका धुनहरू सुन्दा विदेशीहरू पनि आकर्षित भएका छन् । सानो उमेरदेखी नै बाँसुरीमा ’मोह“ बसेपछि बाँसुरी नै मनमोहनको भाग्य चम्काउने माध्यम बनेको छ । गोरखाको शहीद लखन गाउँपालिका वडा नंम्बर ८ मा जन्मिनुभएका मनमोहन काठमाडौँलाईं कर्मथलो बनाएर आफ्नो त्रियशन श्रोता, दर्शकमाझ पस्किरहनुभएको छ ।

बाँसुरीका प्वालहरूमा हात चल्न थालेपछि भोक र निद्रसमेत विर्सिने गरेको बताउने विश्वकर्माको बाँसुरी मोह निकै रोचक छ ।२०६४ सालमा अध्ययनको शिलशिलामा काठमाडौँ आउनुभएका मनमोहनको बाँसुरीको प्यासले यो क्षेत्रमा अहोरात्र खटिनुभयों ।
महेन्द्र रत्न क्यापस ताहाचलमा अध्ययन गर्नेक्रममा उहाँको झोलामा
सधै बाँसुरी हुन्थ्यों । मौका मिल्यो कि उहाँ बजाई हाल्नुहुन्थ्यो र सबैलाई मख्ख पार्नुहुन्थ्यो यही क्रममा कलेजमा भएको कार्यक्रममा एक दिन बजाएको बाँसुरीमा सबै प्रभावित भए ।

त्यही रहनुभएका रमेश विश्वकर्माले उहाँलाई बाँसुरी राम्रो बजाउनु हुँदो रहेछ“ भनेर कामका लागि अफर गर्नुभयो । अनि चावहिलमा रहेको ’भेटघाट दोहोरी’ मा वाँसुरी बाध्य बाधका रूपमा मनमोहनले काम गर्न थाल्नुभयो । त्यही नै उहाँको संगीतको विद्यालय बन्यो । त्यहाँ उहॉले करिब तीन वर्ष काम गनुभयो । काम गदँै जांँदा उहंको चर्चा परिचर्चा हुन थाल्यों कुशल बाँसुरी वाधकका रूपमा ।

अन्यतिर पनि उहाँको माग हुन थाल्यो त्यही क्रममा मनमोहनले ’रेलिमाई“, देउराली दोहोरी साँझ “फेवा दोहोरी साझ ’दरबार दोहोरी’ लगायतमा बाँसुरी बाधकका रूपमा काम गर्नु भयो र आफुलाई अझ निखारनुभयो पाँच बर्षंभन्दा बढी “इन्दे््रणीमा काम गर्नुभहएका उहाँ यतिबेला ’लाइभ दोहोरी’ र भागवततिर ब्यस्त हुनुहन्छ । देशका विभिन्न भागमा हुने मेला महोत्सवमा पनि उहाँको माग भइरहन्छ र पुग्नुहुन्छ बाँसरी बजाउन देशका ६८ जिल्ला पुगेको बताउनुहुने उहाँले इन्द्रेणीमार्पmत त्रिशूलीको बोटिमा पनि लाइम दोहोरीमा बॉंसुरी बजाउनु भएको छ ।

थुप्रै गीतको रेकर्टिडमा बाँसुरी बजाउनुभएको उहाँले तीस जति भजन, चार सयको हाराहारीमा लाइभ दोहोरीमा आफनो कला पस्किनुभएको छ । उहॉले यो क्षेत्रमा लागेर थुपै मान, सम्मान र पुरस्कार प्राप्त गुर्नुेभएको छ ।जस्तोसुकै लयमा पनि बाँसुरीको धुन निकाल्नु सक्नु मनमोहनको विशेषता रहेको यस क्ष्ेत्रका बिज्ञहरू वताउछन् ।

उहाँ मिठो धुन निकाल्नुहुन्छ.गीतको भाकामा बजाउँनुहुन्छ । श्रोता दर्शकहरू मुग्ध हुन्छन् । उहाँले आफ्नो यो कला वाद्यवादनको सिद्धान्त र शैलीसँग जोडनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्