चुमकल्याण समितिको १९ औ साधार सभा सम्पन्न, अधिवेशन स्थगित
चुम्बाहरुको साझा संस्था चुम कल्याण समितिको १९ औँ साधारण सभा सम्पन्न भएको छ । सोमबार राजधानी काठमाडौँस्थित समितिको सभाहलमा साधारण सभा आयोजना गरिएको थियो ।
समितिका सभापति छिरिङफुञ्जो लामाको अध्यक्षता तथा प्रमुख अतिथि चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लामाले शुभकामना मन्तव्य ब्यक्त गर्दै चुम उपत्यका घर भई गाउँमै बस्ने वा काठमाडौँमा बसेकाहरु संकटमा परेका बेला सहयोग गर्न यो संस्था अति उपयोगी रहेको बताएका थिए ।
साथै कार्यक्रममा ओर्केन दोर्जे, खेन्पो पेमा होसेर, पूर्व कोषाध्यक्ष साम्देन लामा, एमक्यापका प्रतिनिधित्व गर्दै छाङ दोर्जे लामाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
साधारसभामा संस्थाका उपाध्यक्ष वाङचुक राप्तेन लामाले समितिले आफ्नो कार्यकालमा गरेका कार्यप्रगति तथा आउँदो कार्यकालमा गर्ने प्रस्तावित कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । साथै छिरिङ फुञ्जो लामाले पेश गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष छेतेन दोर्जे लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सधारण सभाले पारित गरेको छ ।
समितिको दुई बर्षे नयाँ कार्यकालका लागि नेतृत्व परिवर्तन भने हुन सकेन । बन्दसत्रमा आन्तरिक किचलो तथा बाह्य हस्ताक्षेपका कारण नयाँ समिति बन्न नसकेको समितिले जनाएको छ । बन्दसत्रको नयाँ कार्यतालिका नतोकेसम्मका लागि अधिवेशन भने स्थगित भएको समितिले जनाएको छ ।