चेपाङ समुदायको मुख्य चाड छोनाम मनाइयो
चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी भव्यताका साथ मनाइएको छ । नेपाल चेपाङ संघ केन्द्रीय समितिले गोरखाको गण्डकी गाउँपालिका तोमनडाँडामा एक कार्यक्रम आयोजना गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङ सहभागी सो कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर चितवन, तनहूँ, लमजुङ जिल्लाका चेपाङ समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष चेपाङले चेपाङ समुदायको बसोबास रहेको यस प्रदेशमा सार्वजनिक विदा दिन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
गण्डकी प्रदेशको गोरखा, लम्जुङ, तनहूँ र नवलपुर जिल्लामा चेपाङ समदायको बसोबास रहेको छ । २०७८ सालको जनगणना अनुसार अल्पसंख्यक सीमान्तकृत चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६८ रहेको छ ।
मकै, घैयनधान, गाभा पिडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकति देवता, कुलदेवता, पितृलाई अर्पण गरेर आफुले खान सुरु गरी यो पर्व मनाउने परम्परा रहेको चेपाङको साँस्कृतिक छोनाम पर्व न्वागीको अध्ययन गरिरहेका अजयकुमार चेपाङल जानकारी दिए ।
पितृ, प्रकति र जीवनशैलीसँग सम्बन्धित रहेको यो पर्वलाई नेपाल सरकारले २०६३ देखि हरेक बर्षको भदौ २२ गते मनाउन मान्यता दिएको छ ।
भदौ महिनाको जुनसुकै पाच दिन यो पर्व मनाउने गरे पनि २२ गतेलाई संस्थागत रुपमा मनाउन मान्यता पाएको संघका संस्थापक महासचिव चेपाङले बताए ।