बाढी पहिरोपीडितलाई उचित राहतको व्यवस्था गर्न कांग्रेस गोरखाको माग
अविरल बर्षाका कारण केही दिन अघि बिभिन्न जिल्लामा गएको बाढी र पहिरोबाट पीडित भएकाहरुलाई उचित राहत उपलब्ध गराउन नेपाली कांग्रेस गोरखाले माग गरेको छ ।
वुधवार प्रेस बिज्ञप्ती जारी गर्दै कांग्रेस जिल्ला कार्यसमिति गोरखाले बाढी र पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी र घाइतेहरुको शिघ्र उपचार गर्न स्थानीय, प्रदेश र संघ तिनै सरकारलाई आग्रह गरेको छ ।
जोखिमयुक्त सार्वजनिक संरचनाको तत्काल पुनर्निर्माण गर्न र राहत लगायतका अन्य व्यवस्था मिलाउन माग गरिएको पार्टीले जनाएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न असहज परिस्थितीमा जोखिम स्थानमा बसोवास र हिडडुल नगर्न जिल्लावासीलाई कांग्रेसले आग्रह समेत गरेको छ ।