आरुघाट र आर्खेत बजार क्षेत्रको फुटपाथमा पसलका सामग्री राख्न नपाइने
आरुघाट गाउँपालिकाले पालिका भित्रका मुख्य बजार क्षेत्रको फुटपाथमा पसलको सामग्री नराख्न आग्रह गरेको छ । आरुघाट, आर्खेत बजार लगायतको क्षेत्रमा फुटपाथ अतिक्रमण हुने गरी पसलका सामग्री राख्दा पदैल यात्रीलाई हिड्डुल गर्न गाह्रो हुने साथै सडक दुर्घटना हुने सम्भावना भएको भन्दै पालिकाले यस्तो आग्रह गरेको हो ।
फुटपाथमा सामान राख्दा पैदलयात्री तथा सडक प्रयोगकर्तालाई कठिनाई उत्पन्न भएको भन्ने जनगुनासो आएकाले नियमसंगत ढंगबाट व्यापार व्यवसाय गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । सडक तथा फुटपाथका सामग्री तत्काल नहटाए उक्त सामग्री जफथ गरी नियमानुसार कारबाही हुने उनले चेतावनी दिए ।