अपाङ्गता भएकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ
शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ का २७ बर्षीय सुनिल परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
परियारले उक्त महिलालाई फकाई फुलाई नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको पीडितका आफन्तले दिएको जाहेरीमा उल्लेख भएको डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
पीडितका आफन्तले दिएको जाहेरीका आधारमा परियारलाई सोमवार पक्राउ गरिएको उनले जानकारी दिए । परियार बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।