| शनिबार, माघ ५, २०८१

सिरानचोकमा रिमैको शुभमुहुर्त, सिर्दिबासकी सिर्जना गुरुङको डेब्यू

खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘रिमै’को शुभमुहूर्त आफ्नै गृहनगर गोरखा सिरानचोकमा गरिएको छ । फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्देशक गुरुङले जानकारी दिए ।
अबको एक महिनासम्म गोरखाको सिरानचोक, झारगाउँ, कुलगाउँ, भंगेरी, लासे, सिम्ले, आरुबोट, गोहरे, चित्रेपोखरी र गोरखा बजारमा रिमैको छायांकन हुने गुरुङले बताए ।

गोरखा सिरानचोक एन्ड लिगगिगकोट फिल्म्स् प्रालिको प्रस्तुति र आरआर फिल्म्स् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिनेमामा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरबल घले, डिबी गुरुङलगायत कलाकारको अभिनय रहनेछ । वीरबल घले, टीका गुरुङ र दुनबहादुर घले निर्माता रहेको रिमैमा कार्यकारी निर्माता रत्न श्रेष्ठ र रोशन भट्टराई, राजेश घिमिरे र बिनु गुरुङ सहनिर्माता छन् । प्रस्तुति रोहित कट्टेलको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
सो फिल्ममा चुमनुब्री गाउँपालिका ३ सिर्दिबासकी सिर्जना गुरुङले डेव्यू गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्